काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग आज छलफल जारी रहेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग वाग्लले छलफलका लागि बोलाएका हुन्। छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा पुगेका छन्। छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस