तनहुँ । व्यास नगर समता विद्यालयले ५६ जना असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ । असहाय तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको हो । आवास र संरक्षणको व्यवस्था सहितको शिक्षा उपलब्ध गराउन तनहुँको व्यास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिका अति विपन्न, असहाय, वर्गका छन् ।