कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज बिहानदेखि पूजाआजा तथा दर्शनको लागि आउने भक्तजनको घुइँचो लागेको छ । भगवान् शिवको पूजाआराधना तथा जल अर्पण गर्न भक्तजनहरुकोे बिहानदेखि यहाँका शिवालयमा बाक्लो उपस्थिति देखिएको हो । साउन भगवान् शिवको महिना मानिने भएकाले सोमबार विशेषगरी शिवालयमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गर्छ