काठमाडौं । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा पनि विपक्षी दलले उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बितिक्कै विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको