खानेपानी नागरिकको मौलिक अधिकार भए पनि सरकारको कमजोर व्यवस्थापनका कारण आम नागरिकले सहज र सुलभ खानेपानी सेवा पाउन नसकेको राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपालले जनाएको छ। महासंघले खानेपानीजस्तो आधारभूत तथा अत्यावश्यक सेवामा राज्य गम्भीर र जिम्मेवार बन्नुपर्नेमा सरकारको कमजोर व्यवस्थापनका कारण नागरिकमा निराशा पैदा भएको जनाएको हो। महासंघका अनुसार खानेपानी सेवा सञ्चालन गर्ने उपभोक्ता