देशमा प्रजातन्त्र आएपछि पनि अपेक्षित विकास हुन सकेन। गरिबी निवारणले पनि उचित गति लिन सकेन। यो देखेर नेपाल विज्ञ टोनी हागनले पुस्तक ‘विकास र विकेन्द्रीकरण’मा लेखे, ‘प्रजातन्त्र खराब भएर यस्तो भएको होइन। शक्तिको मदले मातेका अधिनायकहरू यसको मुख्य कारण हुन्। उनीहरूले उदार समाज र अर्थतन्त्रमाथि दोहन गरे।’ उनले सोमालिया, अफगानिस्तान र सुडानको हिंसाको उदाहरण दिएका छन्। समाजमा इमानदारी, न्याय र समानताजस्ता नैतिक मूल्य हुनुपर्छ। यी मूल्यहरू व्यवहारमा स्वतन्त्र रूपमा लागू हुनुपर्छ।