सरकारलाई प्रचण्डको खबरदारी: ‘किसानलाई सहज रूपमा मल उपलब्ध गराऊ’

  • सोमबार २५ साउन २०८३ ०६:४३ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत किसानले सहज रूपमा रासायनिक मल पाउन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको प्रचण्डले बताएका छन् । सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए