कैलाली । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उनले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक रु २५ लाख बचत गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिक–५ का विनोद उदाहरणीय कृषक हुन्, विनोद चौधरी । पाँच वर्षअघि बैङ्कबाट कुल रु ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र