काठमाडौं । मुस्लिम आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् । नेपालको संविधानको धारा २९४ अनुसार संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले प्रतिवेदन बुझाएको हो