काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गरी किसानलाई मल दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको बताएका हुन्।उनले सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको उल्लेख गरे। ‘यतिखेर रोपाइँ