पञ्चकन्याका ३३ कार्यकर्ताद्वारा राप्रपा परित्याग, धवलशम्सेरको पार्टीमा जाने तयारी

  • सोमबार २५ साउन २०८३ ०४:५२ AM
काठमाण्डु– नुवाकोट पञ्चकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । राप्रपाभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएको भन्दै उनीहरुले आइतबार सामूहिक राजीनामा दिएका हुन् । राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले अध्यक्ष राजेन्द्र लिङदेनले एउटै विचार, सिद्धान्त र एजेण्डामा कटीबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै नेतृत्वको आलोचना