काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिलाई सहभागी गराउने तयारी गरेको छ । पार्टीका संयोजक प्रा. डा. शशांक कोइरालाले प्रदेश कार्यसमितिहरूलाई पत्राचार गर्दै साउन २९ देखि ३१ गतेसम्म काठमाण्डुमा आयोजना गर्न लागिएको राष्ट्रिय भेलामा सहभागिताका लागि पत्र पठाएका हुन् ।