४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

  • सोमबार २५ साउन २०८३ ०५:५२ AM
व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४५ प्रतिशत बढी नाफा गरेको हो । हुलास फिनसर्भले प्रकाशन गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तार र नाफामा उल्लेख्य प्रगति