वाह रे अंग्रेजी !

  • सोमबार २५ साउन २०८३ ११:०१ AM
प्रसंग १ :  केही समय अगाडि चर्चित लोकगायिका अञ्जली अधिकारी अन्तर्वार्तामा भक्कानिएर रोइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। उनी किन त्यसरी रोइन् ?कारण रहेछ– उनले अंग्रेजी बोल्न नजान्दा सञ्जालहरूमा गरिएको ‘ट्रोल’। भन्दै थिइन्, ‘मलाई अंग्रेजी राम्रो नआउला तर नेपाली बोल्न त आउँछ नि !म नेपाली नागरिक हुँ। नेपाली बोल्न आएन भने त्यो बेला गिल्ला गर्न सुहाउँछ। हाम्रो मानसिकता कस्तो ?’ सेलिब्रेटीहरूले कनिकुथी भए पनि अंग्रेजी बोल्नैपर्ने, त्यो पनि आफ्नै