कांग्रेसको राष्ट्रिय भेलामा को-को हुँदैछन् सहभागी ? संयोजक कोइरालाले पठाए पत्र

  • सोमबार २५ साउन २०८३ ११:०१ AM
काठमाडौं : नेपाली कांग्रेसले आगामी साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको तयारी तीब्र रुपमा अगाडि बढाएको छ। भेलाका संयोजक डा. शंशाक कोइरालाले ७ प्रदेश सभापति, ७७ जिल्ला सभापति र १६५ प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापतिलाई समेत सहभागिताका लागि पत्र पठाएका छन् । भेलामा प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व मन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति, महानगर/नगर/गाउँपालिका कार्यसमितिका सभापतिसमेत सहभ