पाल्पामा जिप दुर्घटना, चालकसहित १० जना घाइते

  • सोमबार २५ साउन २०८३ ११:०१ AM
तानसेन : पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ४  झुम्सा–सत्यवती  सडकखण्डमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।सोमबार बिहान ७ बजे माथागढी गाउँपालिका-५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा चालक देवकुमार घर्तीसहित १० जना घाइते भएका छन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । सबै घाइते