शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

  • सोमबार २५ साउन २०८३ ०४:५७ AM
वालिङ । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ६० लाखको लागतमा भण्डार निर्माण भएको हो । प्रारम्भमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण एक सय टन