काठमाडौं । सामाजिक सञ्जालको प्रयोग बढेसँगै अनलाइन ठगीका नयाँ–नयाँ शैली सक्रिय भइरहेका बेला कास्कीमा फेसबुकबाट सुरु भएको ‘प्रेम सम्बन्ध’को जालोमा पारेर एक महिलाबाट ३१ लाख रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती महिलासँग फेसबुकमार्फत बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक अपरिचित व्यक्तिले सम्पर्क गरेका थिए ।