बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

  • सोमबार २५ साउन २०८३ ०५:०७ AM
सिराहामा बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि सोमबार दुर्घटना भएको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टरको ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार