लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

  • सोमबार २५ साउन २०८३ ०३:२९ AM
काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली नार्केमा लेदोसहितको पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ४ बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहेको भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । The post लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध appeared first on Kalika Khabar.