मेसीबिनाको मायामीलाई धक्का

  • सोमबार २५ साउन २०८३ १०:०१ AM
न्युयोर्क (एजेन्सी) : कप्तान तथा स्टार खेलाडी लियोनल मेसी मैदानमा नहुँदा इन्टर मायामीले लिग्स कपमा हार बेहोरेको छ। आफ्नै मैदानमा भएको खेलमा इन्टर मायामी मेक्सिकोको मोन्टेरेसँग २–१ गोलले पराजित भएको हो। मेसीको अनुपस्थितिमा मैदान उत्रिएको मायामीले सुरुवातमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोरेको हो। रोड्रिगो डे पाउलले ३२औं मिनेटमा गोल गर्दै इन्टर मायामीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा मोन्टेरेले खेलमा पुनरागमन गर्दै लगातार दुई गोल गरेपछि इन्टर मायामी स्तब्ध बनेको हो।म