यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम

  • सोमबार २५ साउन २०८३ ०३:३९ AM
काठमाण्डु– आज काठमाण्डुसहित देशका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर, ललितपुरसहितका ३८ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको हो । आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुंङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, पर्वत, बाग्लुंङमा आकस्मिक बाढीको जोखिम रहेको छ