कानुनी सम्बन्ध मजबुत बनाउन भारत–नेपालका कानुनविद् एकजुट

  • सोमबार २५ साउन २०८३ ०३:५४ AM
भारत–नेपाल कानुनी सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले काठमाडौंस्थित भारतीय दूतावासले भारतीय कानुन संस्थानका नेपाली पूर्वविद्यार्थीहरूको विशेष भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा भारतका कानुनी संस्थानका पूर्वविद्यार्थीसमेत रहेका नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय क्षेत्रका वरिष्ठ व्यक्तित्व, पूर्वमहान्यायाधिवक्ताहरू, कानुन व्यवसायी, कानुन तथा शिक्षाक्षेत्रका विज्ञ र युवा