जीवन बचाउने अस्पताल नै स्वास्थ्यकर्मीका लागि जोखिमपूर्ण बन्दै गएका छन्। पछिल्लो समय बिरामीको उपचारका क्रममा उत्पन्न असन्तोषदेखि सामान्य विवादसम्मका निहुँमा चिकित्सक र नर्समाथि ज्यानै लिने गरी आक्रमण र अस्पताल तोडफोडका घटना शृंखलाबद्ध रूपमा बढेका छन्। साउन महिनाभित्रै घटेका तीन प्रतिनिधि घटनाले मुलुकको स्वास्थ्य क्षेत्र कति असुरक्षित छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गरेको छ।साउन ८ गते राति नारायणी अस्पतालमा मुटुको समस्या (म्यासिव मायोकार्डियल इन्फ्राक्सन) आएका बिमारीको उपचारका क्रममा मृत्यु भएपछि