धादिङ : धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी भएको छ।सोमबार बिहान करिब ६:१० बजे लुम्बिनीबाट काठमाडौं जाँदै गरेको भे १ ख ४०८९ नम्बरको बसमा डाइनामोको तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए।प्रहरी र बसमा रहेका यात्रुको सहयोगमा करिब पाँच मिनेटमै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट बसको भित्री इन्जिनमा सामान्य क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभएको दाहालले बताए ।