काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा अवधारणा पत्र सार्वजनिक गरेको छ । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा उक्त अवधारणा सार्वजनिक गरिएको हो । यस अवधारणा पत्रले मुलुकको मौद्रिक व्यवस्थापनमा आधुनिकता ल्याउनुका साथै आर्थिक क्षेत्रमा ठूलो परिवर्तनको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकले नोट छपाई, ढुवानी, भण्डारण र व्यवस्थापनका लागि वार्षिक रूपमा