पढाइसँगै कमाइ गर्दै विद्यार्थी

  • सोमबार २५ साउन २०८३ ०८:०१ AM
भोजपुर : विद्यालयको कक्षा सकिएपछि धेरै विद्यार्थी मोबाइल र सामाजिक सञ्जालमा व्यस्त हुन्छन्। तर, दक्षिणी भोजपुरको आमचोक गाउँपालिकाका विद्यार्थी भने फुर्सदको समयमा पनि भ्याइनभ्याइ हुन्छन्। उनीहरू टनेल नर्सरीमा बिरुवा उत्पादन गर्छन्, श्रम गर्छन् र त्यही श्रमबाट आम्दानी पनि गर्छन्।पढाइसँगै विद्यार्थीलाई कृषि, श्रम र उत्पादनसँग जोड्न र गाउँपालिकाको कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत विद्यार्थीले पोलिब्यागमा बिरुवा उत्पादन गरिरहेका हुन्। बिरुवा उत्पाद