एजेन्सी /म्याड्रिड : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि नेतृत्व छाड्नुपर्ने दबाब बढिरहेका बेला स्पेनिस ला लिगाका अध्यक्ष जेभियर तेबासले उनको युग समाप्त भइसकेको दाबी गरेका छन्। फिफाभित्रै नेतृत्वलाई लिएर विवाद चर्किरहेका बेला तेबासको पछिल्लो अभिव्यक्तिले इन्फान्टिनोविरुद्धको आवाज थप प्रखर भएको छ। तेबासले ले मोन्डेसँगको अन्तर्वार्तामा इन्फान्टिनोको युग सकिएको बताउँदै फिफाको वर्तमान प्रणाली नै समस्याग्रस्त रहेको टिप्पणी गरेका हुन्।‘मलाई लाग्छ, उनको समय सकिएको छ