प्राज्ञिक गरिमामाथि सरकारी प्रहार

  • सोमबार २५ साउन २०८३ ०७:०१ AM
राजनीतिमा जब आदर्शका ठूला कुरा गर्नेहरू व्यवहारको कसीमा घोटिन्छन्, तब उनीहरूको सक्कली अनुहार उदांगो हुन्छ। भर्खरै सरकारको नेतृत्वमा पुगेका र सुशासनको चर्को नारा दिने नयाँ दलका मन्त्रीले तीनवटै प्रज्ञा–प्रतिष्ठानको नियुक्ति र शपथग्रहणमा जे–जस्तो हर्कत देखाए, त्यसले उनीहरूको ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) को दाबीलाई नराम्रोसँग गिज्याएको छ। मन्त्री पद सम्हाल्नासाथ तेह्रबुँदे आदर्शको फेहरिस्त सार्वजनिक गर्दै ‘आफन्त र चिनेजानेकालाई नियुक्ति नमाग्न’ उर्दी जारी गर्