काठमाडौं : जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र हिमाल संरक्षणका क्षेत्रमा सचेतना जगाइरहेका विश्वविख्यात आरोही निर्मल पुर्जाको नाममा वनस्पतिको नाम राखिएको थियो, ‘निम्सपुर्जाई’। वनस्पतिविज्ञ तथा अनुसन्धानकर्ता भक्तबहादुर रास्कोटी र रीता आलेले तिउरी जातको वनस्पति म्याग्दी जिल्लामा भेटाएका थिए। त्यसपछि उनीहरूले पुर्जाको सम्मानस्वरूप उक्त वनस्पतिको नाम ‘निम्सपुर्जाई’ राखेका थिए। तर, पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी पुर्जाको निधन भएपछि वनस्पति