काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब सात घण्टा लामो छलफल भएको छ। उच्च स्रोतका अनुसार दुवै नेताले दिउँसो लन्चसहित रातिसम्म लामो संवाद गरेका थिए। लामिछाने राति करिब १० बजे मात्र बालुवाटारबाट बाहिरिएका थिए। स्रोतका अनुसार पछिल्लो समय सरकारको कामकारबाहीप्रति रास्वपाभित्र असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्री