बीवाईडी नेपालको ‘अपडेट टु केयर प्लस’ अभियान, १३ सर्भिस सेन्टरबाट सेवा

  • आइबार​ २४ साउन २०८३ ०४:४४ PM
काठमाडौं । नेपालका लागि को आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले विद्यमान ग्राहकको स्वामित्व अनुभवलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ। साइमेक्स केयर, गुहेश्वरीमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कम्पनीका अनुसार यो अभियान देशभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा एकसाथ लागू भएको छ। अभियानमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट भेइकल कनेक्टिभिटी तथा स्वामित्व सुरक्षासम्बन्धी सुविधा एकीकृत रूपमा उपलब्ध गराइनेछ। नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको अभियानले बीवाईडीको बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने कम्पनीको विश्वास छ। ... The post बीवाईडी नेपालको ‘अपडेट टु केयर प्लस’ अभियान, १३ सर्भिस सेन्टरबाट सेवा appeared first on Kalika Khabar.