काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको एकताका लागि सभापति गगन थापालाई अग्रसर हुन आग्रह गरेका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा कांग्रेसकै नेताहरू तथा कार्यकर्ताबीच भइरहेको टीका–टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै खड्काले पार्टी एकता अहिलेको पहिलो आवश्यकता भएको बताएका हुन् । खड्काले सामाजिक सञ्जालमार्फत देशको