काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापालाई हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रसर हुन आग्रह गरेका छन्।पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा कांग्रेसकै नेताकार्यकर्ताबाट आएका अभिव्यक्ति, टीकाटिप्पणीले आफूलाई चिन्तित बनाएको खड्काले बताएका छन्।उनले अहिले देशको राष्ट्रियता अत्यन्त प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको तथा लोकतान्त्रिक संविधानलाई धरापमा पार्ने षड