काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको विवाद अन्त्य गर्दै सम्पूर्ण एकता कायम गर्न सभापति गगनकुमार थापालाई निर्णायक पहल गर्न आग्रह गरेका छन् । खड्काले आईतबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछिका ३ दिनमा पार्टीकै नेताहरूबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरे