झापा : पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ की ५० वर्षीया मिरादेवी गौतम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज दिउँसो ४ बजे कनकाई नगरपालिका–७ स्थित दुर्गापुर बजारमा दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी गौतमलाई ठक्कर दिएको थियो। घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उनक