विप्लवको विवादास्पद अभिव्यक्ति: ‘समलिङ्गी विवाह रोक्नुपर्छ, यो पुँजीवादले खडा गरेको विकृति हो’

  • आइबार​ २४ साउन २०८३ ०७:५७ PM
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द  ‘विप्लव’ले समलिङ्गी विवाहलाई  ‘विकृति’ भन्दै यसलाई निषेध गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । एक अन्तर्वार्ताका क्रममा उनले समलिङ्गी विवाहलगायतका विषयलाई व्यक्तिगत स्वतन्त्रताको विषयका रूपमा स्वीकार गर्न नसकिने धारणा राखेका हुन् ।  उनले पुरुषले पुरुषसँग र महिलाले महिलासँग विवाह गर्ने विषयलाई  ‘अप्राकृतिक’ भन्दै यस्तो प्रवृत्ति पुँजीवादले आफ्नो सत्ता टिकाउन मानव समाजमा खडा गरेको दाबी गरे । ‘पुरुषले पुरुषलाई बिहे गर्ने कुरा पनि समुदाय हुन्छ