एजेन्सी । साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो । हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए ।