नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए । टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आएपनि कमेडीमा आधारित रियालिटी