मुस्ताङका फरार अभियुक्त गोरखामा पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०७:०१ PM
गोरखा : कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ परेका छन्। कास्की अदालतबाट एक वर्षको कैद सजाय फैसला भएका थासाङ गाउँपालिका-३ मुस्ताङका दाउद तामाङ आइतबार गोरखा नगरपालिका-११ बाट पक्राउ परेका प्रहरीले जनाएको छ।गत असार २८ गतेको अदालतको आदेश अनुसार एक वर्ष कैद सजाय तोकिई फरार रहेका तामाङलाई आइतबार गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोबाट पक्राउ गरिएको प्रहरी निरीक्षक धिरेन्द्र यादवले जानकारी दिए। तामाङलाई आइतबार नै कास्की जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ।