गगन थापाले भने- तर्साएर म तर्सिन्नँ, फकाएर पनि म फकिन्नँ

  • आइबार​ २४ साउन २०८३ ०७:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन्। आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए। थापाले विशेष महाधिवेशन विधानसम्मत भएको र निर्वाचन आयोगले पनि त्यसलाई सदर गरिसकेको उल्लेख गर्दै पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालत