कांग्रेस केन्द्रिय कार्यसमिति बैठक सुरु, महाधिवेशनको तयारी र सरकारको समीक्षा हुँदै

  • आइबार​ २४ साउन २०८३ १२:२२ PM
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा, र समसामयिक राजनीतिक परिस्थितिसहितका विविध एजेण्डाहरू प्रस्तुत गरे । बैठकको मुख्य एजेण्डाका रूपमा आगामी १५ औं महाधिवेशनको सन्दर्भमा व्यापक छलफल गर्ने र आवश्यक निर्णय लिने विषयलाई राखिएको छ