नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार बरालिदै हिँडेको आरोप लगाएका छन्। आइतवार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथक्करणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप लगाए। उनले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसद्लाई