भीष्मराज आङ्देम्बेको आरोप– ‘सरकारबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाइँदैछ’

  • आइबार​ २४ साउन २०८३ ०१:०६ PM
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरुबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन् । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक–पटक घोचपेच हुने गरेको आरोप लगाए । उनले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायले नै संविधानमा समेटिएका उपलब्धिमाथि