बिर्तामोडमा अटो र ट्याक्टर ठोकिँदा एक जनाको मृत्यु

  • आइबार​ २४ साउन २०८३ ०६:०१ PM
झापा : झापाको बिर्तामोडमा अटो र ट्याक्टर ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। बिर्तामोड नगरपालिका-२ बाह्रकोटी गाउँस्थित चैतुबारी–राजगढ भित्री पक्की सडक खण्डमा आज बिहान भामटोलीबाट बिर्तासिटी अस्पतालतर्फ जाँदै गरेको मे १ ह ३८४२ नम्बरको अटोले विपरीत दिशाबाट जाँदै गरेको मे १ त ७१५३ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।दुर्घटनामा अटोमा सवार झापा गाउँपालिका-४ भामटोलीका ३५ वर्षीया सुखी बिबी, सोही ठाउँका ४५ वर्षीया सलेहा बिबी, २२ वर्षीया मुस्केर