काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशिता नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताएका छन् । आईतबार काठमाण्डुको टुँडिखेलमा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले आदिवासी जनजातिसहित उपेक्षित, उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्वलाई अझ प्रभावकारीरूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । शिक्षा, रोजगारी तथा