काठमाडौँ । सामाजिक सञ्जालमा आफ्ना छोटा भिडियोमार्फत दर्शकलाई हँसाउँदै आएकी ‘गुराँस नानी’ (ग्रिष्मा राई) चर्चित डेटिङ रियालिटी शो ‘ब्लाइन्ड डेट’ को चौथो सिजनमा देखिने भएकी छन् । ‘ब्लाइन्ड डेट’ को आयोजक ‘सुपरहिट सिनेमा नेपाल’ ले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै गुराँसको सहभागिता बारे जानकारी दिएको हो । सार्वजनिक भिडियोमा उनलाई रातो बेहुलीको पोसाकमा देख्न सकिन्छ