नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन् । सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार डा. शर्मालाई हाजिर जमानीमा राख्न आदेश दिएको हो । बिएन्डबी अस्पतालको आइभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । पछिल्लो समय फिलिपिन्समा रहेकी शर्मा नेपाल फर्किएपछि निवेदन दिएर अनुसन्धानका लागि उपस्थित