‘जसको मनमा हरि नै छैन, उसको नाम चाहिँ हरि ! गोबर नाम राखे हुन्न ?’

  • आइबार​ २४ साउन २०८३ ०९:४१ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका ढकालले नेपालमा सिंह नै नपाइने भन्दै मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने धारणा राखेपछि श्रेष्ठले त्यसप्रति असन्तुष्टि जनाएका