काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विधानको सीमाभित्र रहेर पार्टीमा सबैलाई जोडेर अघि बढ्ने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेको भन्दै सबैको सम्मान हुने गरी पार्टी सञ्चालन गरिने बताए । ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्न ।